अस्पतालका चिकित्सक तथा सञ्चालकलाई कोरोना भाईरस (कोभिड–१९) पोजिटिभ देखिएपछि विराटनगरस्थित विराटनगर अस्पताल –विराट नर्सिङ होम) सिल गरिएको छ ।
बुधबार अस्पतालको स्त्री तथा प्रसुती रोग विशेषज्ञ चिकित्सकको स्वाब परीक्षण प्रतिवेदन कोभिड–१९ पोजेटिभ पुष्टि भएको थियो ।
निजी अस्पताल विराटले पहिचान लुकाएर स्वाब कोशी अस्पतालको ल्याबमा परीक्षणका लागि पठाएको थियो । कोशीको ल्याबले पोजेटिभ रिपोर्ट दिएपछि सङ्क्रमितको पहिचान विराटनगर अस्पतालले लुकाएको थियो ।