अभिनेता राजकुमार राओ विवाह बन्धनमा

काठमाडौं : बलिउड अभिनेता राजकुमार राओ र पत्रलेखा पलबीच विवाह भएको छ। राजकुमारले इन्स्टाग्राममा तस्वीर सार्वजनिक गर्दै ११ वर्षदेखिको प्रेम र मित्रता अन्ततः विवाहमा परिणत भएको बताएका छन्।दुवै परिवार, आफन्त र साथीभाइहरूको उपस्थितिमा उनीहरूको विवाह चन्डिगढमा सम्पन्न भएको हो। राजकुमारले सामाजिक सञ्जालमा पत्र लेखालाई सम्बोधन गर्दै उनको पति बन्न पाएकोमा ज्यादै खुसी भएको प्रतिक्रिया दिएका छन्।पत्र लेखाले पनि राजकुमार नै आफ्ना लागि सबथोक भएको बताएकी छन्। 

सम्बन्धित सामग्री

प्रेमी सुरजसँग जनवरीमा विवाह गर्दैछिन् मौनी

१२ मंसिर, काठमाडौं । बलिउडमा यतिबेला सेलिब्रेटीहरुको विवाहको सिजन चलिरहेको छ । केही दिनअघि मात्रै अभिनेता राजकुमार रावले आफ्नी प्रेमिका पत्रलेखासँग विवाह गरे भने सुपरस्टार जोडी कट्रिना कैफ र विक्की अग्रवाल पनि आगामी डिसेम्बरमा विवाह बन्धनमा बाँधिदैछन् । कट्रिना र विक्कीले डिसेम्बर ९ मा जयपुरको एक रिसोर्टमा विवाह गर्ने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । यो […]

पत्रलेखासँग वैवाहिक बन्धनमा बाँधिए अभिनेता राजकुमार राव

बलिउड अभिनेता राजकुमार राव वैवाहिक बन्धनमा बाँधिएका छन्। रावले पत्रलेखा पलसँग आज विवाह गरेका हुन्। भारतीय मिडियाका अनुसार उनीहरु आफ्ना नजिकका परिवारका सदस्य र साथीहरूको उपस्थितिमा विवाह बन्धनमा बाँधिएका हुन्। चण्डीगढमा उनीहरुको विवाह भएको बताइएको छ। विवाहको तस्बिर सेयर गर्दै रावले लेखेका छन्, ‘अन्ततः ११ वर्षको प्रेम, रोमान्स, मित्रता र…

अभिनेता राजकुमार रावले प्रेमिका पत्रलेखासँग आज विवाह गर्दै ?

बलिउडका लभबर्डस् राजकुमार राव र पत्रलेखा आफ्नो सम्बन्धलाई नयाँ नाम दिने तरखरमा छन् । भारतीय सञ्चार माध्यममा प्रकाशित खबरका अनुसार यी दुई विवाह बन्धनमा बाधिँदैछन् । खबरका अनुसार राजकुमार र पत्रलेखा १० नोभेम्बर अर्थात् आज चन्दीगढमा विवाह गर्दैछन् । यी दुईको विवाह समारोह १०–१२ नोभेम्बरसम्म चल्नेछ ।इटाइम्सको रिपोर्ट अनुसार यो जोडीले चन्डीगढमा पारम्परिक रिति रिवाजले विवाह गर्दैछन् । सुरुमा यी दुईले जयपुरमा विवाह गर्ने भनिएको थियो तर अब चन्डीगढमा विवाह गर्न लागेको खबर सार्वजनिक भएको छ । वि