बलिउडका लभबर्डस् राजकुमार राव र पत्रलेखा आफ्नो सम्बन्धलाई नयाँ नाम दिने तरखरमा छन् । भारतीय सञ्चार माध्यममा प्रकाशित खबरका अनुसार यी दुई विवाह बन्धनमा बाधिँदैछन् । खबरका अनुसार राजकुमार र पत्रलेखा १० नोभेम्बर अर्थात् आज चन्दीगढमा विवाह गर्दैछन् । यी दुईको विवाह समारोह १०–१२ नोभेम्बरसम्म चल्नेछ ।इटाइम्सको रिपोर्ट अनुसार यो जोडीले चन्डीगढमा पारम्परिक रिति रिवाजले विवाह गर्दैछन् । सुरुमा यी दुईले जयपुरमा विवाह गर्ने भनिएको थियो तर अब चन्डीगढमा विवाह गर्न लागेको खबर सार्वजनिक भएको छ । वि