राखेपले दर्ता खारेज गरेको नेपाल तेक्वान्दो संघलाई अदालतद्वारा निरन्तरता

काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले दर्ता खारेज गरेको नेपाल तेक्वान्दो संघलाई पाटन उच्च अदालतले निरन्तरता दिएको छ। बिहीवार संघले पत्रकार सम्मेलन गरी बुधवार पाटन उच्च अदालतमा न्यायाधीशद्वय श्यामजी प्रधान र दीपेन्द्र अधिकारीको संयुक्त इजलासले अल्पकालीन अन्तरिम आदेश दिएको जनाएको हो। पुस ५ मा राखेपले प्रकाशशमशेर राणा अध्यक्ष रहेको तेक्वान्दो संघसहित उसु र शारीरिक सुगठन संघ विघटन गरेको थियो।

सम्बन्धित सामग्री

नेपाल तेक्वान्दो संघ खारेज नगर्न पाटन उच्च अदालतको आदेश

पाटन उच्च अदालतले नेपाल तेक्वान्दो संघको दर्ता खारेज नगर्न आदेश दिएको छ । नेपाल तेक्वान्दो संघले बिहीबार पत्रकार सम्मेलन गरेर बुधबार पाटन उच्च अदालतमा न्यायाधीशद्वय श्यामजी प्रधान र दीपेन्द्र अधिकारीको संयुक्त इजलासले अल्पकालीन अन्तरिम आदेश दिएको जनाएको हो ।