नेपाल तेक्वान्दो संघ खारेज नगर्न पाटन उच्च अदालतको आदेश

पाटन उच्च अदालतले नेपाल तेक्वान्दो संघको दर्ता खारेज नगर्न आदेश दिएको छ । नेपाल तेक्वान्दो संघले बिहीबार पत्रकार सम्मेलन गरेर बुधबार पाटन उच्च अदालतमा न्यायाधीशद्वय श्यामजी प्रधान र दीपेन्द्र अधिकारीको संयुक्त इजलासले अल्पकालीन अन्तरिम आदेश दिएको जनाएको हो ।