युक्रेनी सैनिकहरूले मंगलवार एन्टी–ट्यांक हतियारले अभ्यास गरेका छन् ।
बेलायतले जनवरी महिनामा २ हजारवटा एनएलएडब्ल्यू एन्टी–ट्यांक हतियार युक्रेनलाई उपलब्ध गराएको थियो ।
युक्रेनी सैनिकहरूले पूर्वी दोनेत्स्क क्षेत्रमा हतियारको परीक्षण गरेका हुन् । उनीहरूले हालैका दिनमा निरन्तर अभ्यास गरिरहेका छन् ।
युक्रेनका सैन्य कमान्डरहरूले आइतवार एक बयान जारी गरेर रुसले तेर्स्याएको जोखिमको सामना गर्नेमा जोड दिएका छन् ।
उनीहरूले स्टिंगर र जेभलिन क्षेप्यास्त्र देखाउँदै भने, ‘हामी शत्रुलाई भेट्...