युक्रेन र स्कटल्याण्डबीचको खेल स्थगित

२४ फागुन, काठमाडौं । फिफा विश्वकप छनोट अन्तर्गत युक्रेन र स्कटल्याण्ड बीचको प्ले अफ सेमिफाइनल खेल स्थगित भएको छ । युक्रेन र स्कटल्याण्ड बीचको खेल मार्च २४ मा ह्याम्पडेनमा हुने तय थियो । तर, रुसले युक्रेनमा आक्रमण जारी राखेपछि युक्रेनले फिफासँग स्कटल्याण्ड विरुद्धको खेल स्थगित गर्न आग्रह गरेको थियो । यस खेल स्थगित भएपछि वेल्स […]

सम्बन्धित सामग्री

युक्रेन विश्वकपको प्ले अफमा

स्कटल्यान्डलाई ३–१ ले हराउँदै  युक्रेन कतार विश्वकप अन्तर्गत युरोपेली छनोटको प्ले अफको फाइनलमा प्रवेश गरेको छ । अब, युक्रेनले विश्वकपमा स्थान बनाउन फाइनल प्ले अफमा वेल्सको सामना गर्नेछ । यो खेल आइतबार राति कार्डिफमा हुनेछ ।स्कटल्यान्डको हाम्पडेन पार्कमा  युक्रेनको जितमा एन्ड्री यार्माेलेन्को, रोमन यारेमचुक र अर्टि डोभ्यकले गोल गरे । स्कटल्यान्डका कलुम म्याकग्रेगरले एक गोल फर्काए । यो खेल गत मार्चमै हुनुपर्ने भए पनि रसियाले युक्रेनमाथि सैन्य आक्रमण गरेपछि खेल स्थगित भएको थियो ।कता

विश्व कप फुटबल छनोट : स्कटल्यान्ड र युक्रेनबीचको खेल जुन १ मा हुने

काठमाण्डाै - फिफा विश्व कप छनोट अन्तर्गत युक्रेन र स्कटल्यान्डबीचको प्ले अफ सेमिफाइनल खेल आउँदो जुन एक तारिखमा हुने भएको छ । युक्रेन र स्कटल्यान्डबीचको स्थगित खेल जुन एकमा हुने तय भएको हो । यसअघि युक्रेन र स्कटल्यान्डबीचको यो खेल मार्च २४ तारिखमा हुने तालिका थियो । तर, युक्रेनको आग्रहपछि खेल स्थगित गरिएको हो  । रुसले युक्रेनमाथि आक्रमण सुरु गरेपछि युक्रेनले खेल स्थगित गर्न आग्रह गरेको थियो । यस खेलको विजेताले वेल्ससँग जुन ४ तारिखमा खेल्ने तालिका छ । विजेता टोलीले कतारमा हुने विश्व कप फुटबलमा स्थान बनाउने छ ।

स्कटल्याण्ड विरुद्धको खेल स्थगित गर्न युक्रेनको आग्रह

२० फागुन, काठमाडौं । युक्रेनले विश्वकप छनोटको स्कटल्याण्डविरुद्ध हुने प्ले अफ सेमिफाइनल खेल स्थगित गर्न आग्रह गरेको छ । युक्रेन र स्कटल्याण्डबीचको खेल मार्च २४ मा ह्याम्पडेनमा हुने तय छ । तर, रुसले युक्रेनमा आक्रमण जारी राखेपछि युक्रेनमा हाल फुटबल गतिविधि बन्द गरिएको छ । स्कटल्याण्ड र युक्रेनबीच हुने खेलको विजेताले वेल्स र अष्ट्रियासँग खेल्ने तालिका छ […]