काठमाडौं । नेपाल रेल्वे कम्पनीका कर्मचारीहरूले जनकपुर कार्यालयमा तालाबन्दी गरेका छन् । रेल्वे कम्पनी जनकपुरले ज्यालादारीमा काम गर्ने कर्मचारीलाई विना कारण हटाएर नयाँ कर्मचारी नियुक्त गरेको भन्दै उनीहरूले शुक्रबार रेल्वे कम्पनीको कार्यालयमा तालाबन्दी गरेका हुन् ।
जनकपुर कार्यालयले केही दिन अगाडि ज्यालादारीमा काम गर्ने १५१ जना कर्मचारीलाई हटाएर नयाँ कर्मचारी राखेको थियो ।...