काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकालाई देशकै पहिलो ‘स्वस्थ सहर’मा सूचीकृत गर्न पहल सुरु गरिएको छ। सरकारले लिएको दिगो विकास लक्ष्यका १७ वटा सूचकमध्ये गरिबी निवारण, गुणस्तरीय शिक्षा, गुणस्तरीय खानेपानी र शून्य कार्बन उत्सर्जन गरी चारवटा लक्ष्य पूरा गरेको धुलिखेल नगरपालिकाले नेपालको पहिलो स्वस्थ सहरका रूपमा सूचीकृत गर्न विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)मा पहल गरेको हो।