शिक्षा क्षेत्रको लागि न्यून बजेट विनियोजन गरिएकोप्रति एनसीई नेपालद्वारा चिन्ता व्यक्त

काठमाडौं : शिक्षाका लागि राष्ट्रिय अभियान (एनसीई) नेपालले सरकारले सङ्घीय संसद्मा प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/८० को बजेटमा शिक्षा क्षेत्रलाई न्यून रकम विनियोजन गरिएकामा चिन्ता व्यक्त गरेको छ। शिक्षामा कार्यरत करिब ३०० गैरसरकारी संस्थाको सो सञ्जालका अध्यक्ष डिल्लीराम सुवेदीले आज विज्ञप्ति जारी गरी प्रस्तावित बजेट (करिब ११ प्रतिशत) नेपाल सरकारले…

सम्बन्धित सामग्री

बजेटमा शिक्षा क्षेत्र

सरकारले आगामी आर्थिक वर्षमा शिक्षा क्षेत्रलाई प्राथमिकता दिएर कुल बजेटको १०.९५ प्रतिशत विनियोजन गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको बजेट चालु आवभन्दा पाँच अर्ब ३७ करोड रुपियाँले बढाइएको छ । अर्थमन्त्री वर्षमान पुनद्वारा मङ्गलबार सङ्घीय सदनको संयुक्त बैठकमा पेस गरिएको कुल १८ खर्ब ६० अर्ब ३० करोडको बजेटमध्ये शिक्षातर्फ सबैभन्दा बढी दुई खर्ब तीन अर्ब ६६ करोड रुपियाँ छुट्याइएको हो । चालु आवमा कुल बजेट १७ खर्ब ५१ अर्ब ३१ करोड विनियोजन गर्दा शिक्षा क्षेत्रका लागि एक खर्ब ९७ अर्ब २९ करोड अर्थात् ११.२६ प्रतिशत बजेट विनियोजन गरिएको थियो ।

दलका घोषणापत्रमा शिक्षा क्षेत्र उच्च प्राथमिकतामा, कार्यान्वयनमा उदासीनता

२०७४ सालको निर्वाचनमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को वाम गठबन्धनले साझा घोषणामार्फत शिक्षा क्षेत्रमा २० प्रतिशत बजेट छुट्याउने वाचा गर्‍यो । निर्वाचनमा वाम गठबन्धनले बहुमत ल्यायो र केपी शर्मा ओलीको नेतृत्वमा सरकार पनि बन्यो । तर ओली नेतृत्वमा सरकारले ल्याएका चारवटा बजेटमा वाचा गरेभन्दा करिब आधा मात्रै बजेट विनियोजन हुनसक्यो । अर्थमन्त्रीका रुपमा खतिवडाले …

शिक्षा बजेट न्यूनतम १३.५ प्रतिशत हुनुपर्ने

शिक्षा क्षेत्रमा सरकारी बजेट घट्दै गएपछि गुणस्तर वृद्धिमा असर परेको भन्दै विज्ञहरूले यस क्षेत्रमा १३.५ प्रतिशत पुर्याउन सुझाव दिएका छन् । चालू आर्थिक वर्षमा शिक्षा क्षेत्रमा ९.९ प्रतिशतमात्र बजेट विनियोजन गरिएको छ । पछिल्ला केही वर्षमा कुल बजेटको आकार बढे पनि शिक्षा क्षेत्रमा भने सोही अनुपातमा वृद्धि हुन सकेको छैन रसरकारद्वारा शिक्षा क्षेत्र सुधारका लागि गठित उच्चस्तरीय कार्यदलले बजेट वृद्धि गरी गुणस्तर सुधार गर्न सुझाव दिएको हो ।