महान्यायाधिवक्ता रमेश बडालले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ संविधान र सर्वोच्च अदालतको आदेशानुसार ल्याइएको बताएका छन् । आफ्नो कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले महान्यायाधिवक्ता कार्यालयको अनुरोधमा संविधानको कार्यान्वयनका लागि अध्यादेश ल्याइएको स्पष्ट पारे ।“महान्यायाधिवक्तालाई अभियोजन गर्ने र सरकारलाई कानूनी राय र सल्लाह दिने संवैधानिक व्यवस्था छ”,उनले भने, “संविधान र सर्वोच्च अदालतका धेरै आदेश छन्, त्यसको कार्यान्वयनका लागि अध्यादेश ल्याउनुप