काठमाण्डाै – सङ्घीयताबारे अध्ययन गर्न संसदीय समिति गठनको मागसहित राष्ट्रिय सभामा सत्तापक्षले सङ्कल्प प्रस्ताव पेस गरेको छ । सङ्घीयताका बारेमा नागरिकस्तरबाट उठेका प्रश्न र गुनासाको सम्बोधन तथा कार्यान्वयनका विभिन्न १५ बुँदासहित सत्ता पक्षका सांसदहरूले राष्ट्रिय सभामा आज बुधवार सङ्कल्प प्रस्ताव पेस गरेका हुन् ।
गठबन्धनमा आबद्ध दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जसपाका सांसदहरूले संयुक्त रूपमा सङ्कल्प प्रस्ताव ल्याएका हुन् । संविधान बनेर कार्यान्वयनमा आएको ६ वर्ष हुँदा समेत सङ्घीयता कार्यान्वयनमा सन्...