फागु अर्थात होली भन्ने बित्तिकै रंगको बर्षा गर्ने दिन भनेर बुझिन्छ । हिन्दू संस्कृतिमा प्रत्येक वर्षको फागुन शुक्ल पूर्णिमा अर्थात होली पूर्णिमाको दिन यो मनाइन्छ । यो हिन्दूहरूको प्रमुख चाड मध्येको एक पनि हो । होलीको दिन मानिसहरुले एक अर्कामाथि विभिन्न प्रकारका रंग दलेर एक अर्कालाई रंगिन बनाउँदै खुसी साट्ने गर्दछन् । बालकदेखि बृद्ध बृद्धासम्मले होली खेलेको देख्न पाइन्छ । सधै एक्सन कटमा ब्यस्त रहने कलाकारले पनि आजको दिन एक अर्काेलाई रंग दल्दै मनाएका छन् । त्यसरी होली खेल्ने मध्य अधिकां