राष्ट्रिय परीक्षा बोर्डले पछिल्लो समय विद्यालय शिक्षाको गुणस्तर सुधार गर्न भन्दै परीक्षा प्रणालीमा पनि परिमार्जन हुनुपर्नेमा जोड दिएको छ । परीक्षा प्रणालीमा सुधार होस् भनेर बोर्डले शिक्षक, सरोकारवाला निकाय तथा विद्यालयसँग सम्बन्धित व्यक्तिहरूलाई विभिन्न समयमा तालिमको पनि व्यवस्था गर्दै आएको छ । के परीक्षा प्रणालीमा हामीले ध्यान दियौं भने विद्यालय शिक्षाको गुणस्तर कायम गर्न सकिन्छ त ?