काठमाडौं : काठमाडौं महानगरपालिकाको १५ नम्बर वडाका अध्यक्ष ईश्वरमान डंगोलले काठमाडौंमा थुप्रिएको फोहोर व्यवस्थापन नभएसम्म बैठक भत्ता नलिने घोषणा गरेका छन्।काठमाडौं महानगरको नगर कार्यपालिकाको पहिलो बैठकमा उनले यस्तो घोषणा गरेका हुन्। उपत्यकामा लामो समयदेखि फोहोर व्यवस्थापनको समस्या छ। सो फोहोर व्यवस्थापन नभई बैठक भत्ता नलिने बताए।फोहोर व्यवस्थापनका लागि फोहोर जलाउने मेसिन खरिद गर्नुपर्ने लगायतका सुझाव उनले दिएका थिए। बैठकमा फोहोर व्यवस्थापनका लागि दीर्घकालिन समाधान ख