राप्ती प्रादेशिक अस्पतालमा फोहोर व्यवस्थापन केन्द्र स्थापना

दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालको फोहोर व्यवस्थापन हुने भएको छ। अस्पतालमा स्वास्थ्यजन्य फोहर व्यवस्थापन केन्द्र स्थापना भएपछि उक्त समस्या समाधान हुने भएको छ। यसअघि अस्पतालबाट निस्कने फोहोर व्यवस्थापन नहुँदा सर्वसाधारणले सास्ती...

सम्बन्धित सामग्री

सात अस्पतालमा स्वास्थ्यजन्य फोहोर व्यवस्थापन प्रणाली

चीन सरकार र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडिपी)ले संयुक्तरूपमा नेपालमा कोभिड–१९ को प्रतिकार्यमा स्वास्थ्यजन्य फोहोर व्यवस्थापन प्रणाली सुधार गर्न चीनको दक्षिण–दक्षिण सहयोग सहायता कोषअन्र्तगत नयाँ कार्यक्रम सुुरु गरेको छ ।  स्वास्थ्य सेवा विभागसँगको समन्वयमा यूएनडिपीले कोशी अस्पताल, विराटनगर, नारायणी अस्पताल, वीरगञ्ज, जनकपुर अस्पताल, जनकपुरधाम, वीरेन्द्र सैनिक अस्पताल, छाउनी, राप्ती प्रादेशिक अस्पताल, तुलसीपुर र भेरी अस्पताल, नेपालगञ्जसँग मिलेर काम गर्नेछ । उक्त कार्यक्रमले अटोक्लेभलगायत उपकरण जडानका साथै अस्पतालको फोहोर व्यवस्थापन प्रणालीको स्तरवृद्धि, फोहोर व्यवस्थापन क्षेत्र स्थापना तथा त्यसको उचित प्रयोगसँगै स्वास्थ्यजन्य फोहोर व्यवस्थापनका सम्बन्धमा स्वास्थ्यकर्मीलाई प्रशिक्षण दिने यहाँस्थित युएनडिपीको कार्यालयले जनाएको छ ।