काठमाडौं : प्रदेश १, मधेश र बागमती प्रदेशका थोरै स्थानमा शनिबार बिहान मेघगर्जन र चट्याङसहित वर्षा भएको छ। अहिले पनि ती प्रदेशका केही स्थानमा पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानांगले जानकारी दिए। उनका अनुसार गण्डकी र कर्णाली प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशमा सामान्यदेखि आंशिक बदली रहेको छ। दिउँसो पनि देशैभर हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। कर्णाली र सुदूरपश्चिमको थोरै स्थानमा र बाँकी प्रदेशका केही स्थानमा