सर्पले डस्दा दाङमा एक बालिकाकाे ज्यान गयाे

दाङ – दाङमा सर्पले टोकेर दुई वर्षीया बालिकाकाे ज्यान गएको छ । शान्तिनगर गाउँपालिका वडा नम्बर ६ का राजेन्द्र चौधरीकी दुई वर्षीया छोरी आराजी चौधरीलाई आफ्नै घरको आँगनमा खेल्दै गर्दा सर्पले डसेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।  बालिकालाई सर्पले टाेकेपछि उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा लैजाँदै गर्दा बाटोमै ज्यान गएको हो ।  

सम्बन्धित सामग्री

दाङमा सर्पले डस्दा बालिकाको मृत्यु, आमाको अवस्था गम्भीर

सर्पले डस्दा दाङको घोराही उपमहानगरपालिका–६, गुरुवा गाउँमा एक बालिकाको मृत्यु भएको छ भने एक जनाको अवस्था गम्भीर छ ।गए राति सर्पले डस्दा ६ वर्षीया इन्दु चौधरीको मृत्यु भएको हो । उनकी आमा आश्माको अवस्था गम्भीर रहेको दाङका प्रहरी प्रवक्ता रामप्रसाद तिमिल्सिनाले  बताए ।सर्पले डस्नेबित्तिकै अस्पताल लैजानुको सट्टा झारफुकमा लाग्दा बालिकाको...

सर्पले डस्दा दाङमा १ जनाकाे ज्यान गयाे

दाङ – सर्पले डस्दा दाङमा एक जनाकाे ज्यान गएको छ । सर्पले डसेर दाङकाे तुलसीपुर उपमहानगरपालिका–११ कटाहाकी ४० वर्षीया ललिता डाँगीको ज्यान गएको प्रहरीले जनाएको छ । भान्साकोठामा खाना पकाउने क्रममा खुट्टामा सर्पले टोकेपछि डाँगीलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएको थियो । त्यहाँबाट उहाँलाई उपचारका लागि भेरी अस्पताल नेपालगञ्ज लगिएकोमा डाक्टरले मृत घोषणा गरेका थिए ।

दाङमा सर्पले डस्दा एक किशाेरीकाे ज्यान गयाे

दाङ - दाङकाे तुलसीपुरमा सर्पले डस्दा एक किशाेरीकाे ज्यान गएकाे छ । तुलसीपुर उपमहानगरपालिका-१२ हरिपौरीकी १३ वर्षीया दक्षिणा वलीको सर्पले डस्दा ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । वलीलाई घरमा सुतिरहेको समयमा हिजाे दिउँसो सर्पले डसेको भए पनि राति ९ बजे मात्रै उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा लगिएकाे थियाे । उनलाई थप उपचारका लागि नेपालगञ्जकाे भेरी अस्पताल पठाइए पनि आज बिहान ज्यान गएको प्रहरीले जनाएको छ ।

सर्पले डस्दा दाङमा बालककाे ज्यान गयाे

दाङ - सर्पले डसेर दाङको तुलसीपुरमा एक जना बालकको ज्यान गएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ ढकनाका ११ वर्षीय छवि चौधरीको सर्पले डसेर ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।  घरको आँगनमा खेल्दै गरेकाे बल बारीमा पुगेपछि लिन जाँदा उनको औँलामा डोमनी प्रजातिको सर्पले डसेको थियो । सर्पले डसेपछि गम्भीर बिरामी भएका उनको उपचारका क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ज्यान गएको प्रहरीले जनाएको छ ।

सर्पले डस्दा दाङमा एक बालिकाको ज्यान गयो

दाङ - सर्पले डस्दा दाङमा एक बालिकाको ज्यान गएको छ । देउखुरीको राजपुर गाउँपालिका वडा न ५ महतिनिखोलाकी ११ वर्षकी सानुमाया विकको सर्पले डसेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । प्रहरीका अनुसार गएराति १० बजे घरमै सुतेको बेला उनलाई सर्पले डसेको थियो ।

सर्पले डस्दा दाङमा एक जनाको ज्यान गयो

दाङ – सर्पले डस्दा दाङमा एक जनाको ज्यान गएको छ । सर्पले डस्का अर्का एक जना बिरामी भएका छन् । सर्पले डस्दा दाङको राप्ती गाउँपालिका २ लालमटियाका ६८ वर्षीया सुमित्रा कुमालको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । कुमाललाई हिजो आफ्नै बारीमा सर्पले डसेको थियो । यस्तै सर्पले डस्दा घोराही उपमहानगरपालिका १३ वनगाउँ बस्ने प्रदीप बुढामगर बिरामी हुनुभएको छ । मगरको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ ।

दाङमा सर्पले डस्दा बालिकाकाे ज्यान गयाे

दाङ – सर्पले डस्दा दाङमा एक बालिकाको ज्यान गएको छ । सर्पले डस्दा देउखुरीको गढवा गाउँपालिका–७ विजयपुरकी १२ वर्षीया रेश्मा बोहोराको ज्यान गएकाे हाे ।  सर्पले डस्दा अचेत बनेकी रेश्माको गढवा सर्पदंश उपचार केन्द्रमा प्राथमिक उपचारपछि थप उपचारका लागि लमही अस्पताल ल्याइए पनि त्यसकाे केही क्षणमै चिकित्सकले मृत घोषणा गरेका थिए । शुक्रवार बिहान गोठमा पराल लिन गएको समयमा बाेहाेरालाई गोमन सर्पले डसेको थियो ।