दाङ – सर्पले डस्दा दाङमा एक जनाकाे ज्यान गएको छ । सर्पले डसेर दाङकाे तुलसीपुर उपमहानगरपालिका–११ कटाहाकी ४० वर्षीया ललिता डाँगीको ज्यान गएको प्रहरीले जनाएको छ ।
भान्साकोठामा खाना पकाउने क्रममा खुट्टामा सर्पले टोकेपछि डाँगीलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएको थियो । त्यहाँबाट उहाँलाई उपचारका लागि भेरी अस्पताल नेपालगञ्ज लगिएकोमा डाक्टरले मृत घोषणा गरेका थिए ।