सरकारले आगामी आर्थिक वर्षमा काठमाडौँस्थित मूलपानी क्रिकेट मैदानको निर्माणकार्र्य सम्पन्न गर्ने भएको छ । आर्थिक वर्ष २०७९/८० को वार्षिक बजेट सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्दै अर्थमन्त्री जनादर्न शर्माले आगामी आर्थिक वर्षमा मूलपानी क्रिकेट मैदानको निर्माण सम्पन्न गर्ने बताए ।