सरकारले आगामी आर्थिक वर्षमा काठमाडौँस्थित मूलपानी क्रिकेट मैदानको निर्माण सम्पन्न गर्ने भएको छ । आर्थिक वर्ष २०७९/८० को वार्षिक बजेट सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्दै अर्थमन्त्री जनादर्न शर्माले आगामी आर्थिक वर्षमा मूलपानी क्रिकेट मैदानको निर्माण सम्पन्न गर्ने बताउनुभयो । उहाँले कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा रात्रिकालीन समयमा पनि खेल खेलाउनका लागि आवश्यक …