कोभिड–१९ महामारीका कारण स्थगित भएको मुलुकको पर्वतीय उडान (माउन्टेन फ्लाइट) पुनः सुरु भएको छ । कोभिडको जोखिम कम भएसँगै वायुसेवा कम्पनीले पर्वतीय उडान सञ्चालनमा ल्याएका हुन् । सर्वोच्च शिखर सगरमाथासहितका हिमालको नजिकबाट अवलोकनका लागि पर्वतीय उडान हुँदै आएको छ ।
निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक बुद्ध एयरले हरेक शनिबार पर्वतीय उडान सञ्चालन गरिने आज सार्वजनिक गरेको सूचनामा उल्लेख छ । कम्पनीका अनुसार रु नौ हजार ९९९ मा दुई जनाले यात्रा गर्न पाउने गरी टिकट दर कायम गरिएको ...