'माउन्टेन फ्लाइट' सुरु हुँदै, यतीको उडान हरेक आइतवार

काठमाण्डाै – दोस्राे लकडाउनपछि रोकिएको पर्वतीय उडान अर्थात् माउन्टेन फ्लाइट फेरि सुरु हुने भएको छ । बुद्ध एअरले आउँदो शनिवारदेखि हरेक शनिवार र यती एअरलाइन्सले १० गते आइतवारदेखि हरेक आइतवार उडान गर्ने जनाएको छ ।  मौसममा केही सुधार हुने सङ्केत देखिएको र पर्वतीय उडानका लागि सेप्टेम्बर र मार्च महिना उपयुक्त मानिने भएकाले उडान सुरु गर्न लागिएको यती एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिनुभयो ।  हरेक आइतवारका लागि एटीआर विमानमार्फत एउटा उडान हुने गरी तालिका तय गरिएको र यात्रुहरूको माग...

सम्बन्धित सामग्री

नेपालगञ्ज–जनकपुर हवाई सेवा सुरु हुँदै

बाँके – नेपालगञ्ज–जनकपुर हवाई सेवा यहीँ सातादेखि सुरु हुने भएको छ । नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल्स एजेन्ट (नाटा), बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले नेपालगञ्जमा रहेको मिथिला समाजको आग्रहमा आगामी शनिबार र सोमबार चार्टर उडान हुने जानकारी दिए। यसले धार्मिक पर्यटन प्रवर्द्धन हुनुका साथै भारतको अयोध्यासँग नेपालगञ्जको बागेश्वरी मन्दिर र जनकपुर मन्दिरलाई जोड्न सहयोग […]

सुरु भएको ६ महिनापछि पहिलो अन्तर्राष्ट्रिय उडान, नियमित अझै अनिश्चित

६ असार, काठमाडौं । निर्माणको चर्चा चलेको करिब ५ वर्षपछि गत पुस १७ अर्थात् अंग्रेजी नयाँ वर्ष जनवरी १ को छेको पारेर पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सुरु हुँदै गर्दा धेरै पोखरेलीले सोचेका थिए, ‘अब आफ्नै आँगनबाट संसार फन्को मार्न सकिन्छ । कोभिड महामारीले थिलथिलो पारेको पर्यटन व्यवसाय माथि उठ्छ ।’ अंग्रेजी नयाँ वर्षको दिन अन्तर्राष्ट्रिय उडानबाटै […]

त्रिभुवन विमानस्थलमा भेटिएन शंकास्पद वस्तु, उडान सुरु हुँदै

२१ वैशाख, काठमाडौं । बम रहेको हल्लाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडान–अवतरण एक घण्टासम्म बन्द भएको छ । आज बिहान अज्ञात व्यक्तिले बम रहेको भन्दै टेलिफोन आएपछि अधिकारीहरुले विमानस्थल बन्द गरेर सर्च अपरेसन चलाएका थिए । तर शंकास्पद वस्तु नभेटिएको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए । ‘सर्च अपरेसन सम्पन्न भएको छ, तर कुनै पनि […]

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा यान्त्रिक परीक्षण उडान आज

काठमाडौँ । रुपन्देहीको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) सुरु हुँदै छ । यान्त्रिक परीक्षण उडानका लागि थाइल्याण्डबाट एरो थाईको विमान बिहीबार साँझ गौतम बुद्ध विमानस्थलमा पुगेको छ । (शुक्रवार)आज बिहान १० बजेदेखि परीक्षण उडान सुरु हुने छ । परीक्षण उडानको क्रममा अन्य उडानहरू प्रभावित हुने विमानस्थल कार्यालयले जनाएको छ […]

काठमाडौं–बैंकक उडान पुनः सुरु हुँदै

कोभिड–१९ पछि रोकिएको काठमाडौं–बैंकक हवाई उडान पुनः सुरु हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले र नेपालका लागि थाइल्याण्डका राजदूत भोसिता भोरासफबीच बिहीबार मन्त्रालयमा भएको शिष्टाचार भेटघाटका क्रममा राजदूतले केही दिनभित्रमा काठमाडौं–बैंकक नियमित हवाई उडान सुरु हुने जनकारी दिएका हुन् ।भेटका क्रममा मन्त्री आलेले राजदूत भोरासफलाई लुम्बिनी क्षेत्रमा थाइल्याण्ड सरकारले […]

निषेधाज्ञाको दुई महिनापछि आन्तरिक उडान सुरु हुँदै

काठमाण्डाै - निषेधाज्ञाको दुई महिनापछि आजदेखि आन्तरिक उडान सुरु हुँदैछ । बिहान ६ बजेदेखि नै उडान सुरु हुने भनिए पनि खराब मौसमका कारण उडानमा ढिलाइ भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । विमानस्थल कार्यालयका अनुसार लगातार पानी परेका कारण उडानमा ढिलाइ भएको हो । मौसममा थोरै सुधार हुनेबित्तिकै उडान हुने विमानस्थलले जनाएको छ । नागरिक उड्डयन प्राधिकरणले दैनिक ६४ वटा उडान गर्न अनुमति दिइ उडान सञ्चालन गर्ने तयारी गरेको हो । यात्रुहरुले भौतिक दूरी कायम गर्नुपर्ने, हरेक जहाज दश मिनेटमा उडान गर्नुपर्ने, एक पटक...

यती र बुद्धको पर्वतीय उडान सुरु हुँदै

कोरोनाका कारण गत चैतदेखि बन्द रहेको पर्वतीय उडान यसै महिनादेखि सुरु हुने भएको छ ।