पत्रकार महासंघको निर्वाचनमा प्रगतिशीलसहित ११ संगठनबीच गठबन्धन

काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचनमा ११ संगठनबीच गठबन्धन बनेको छ । शुक्रबार ११ संगठनले संयुक्त विज्ञप्ति प्रकाशित गरी गठनबन्धन गर्ने निर्णय भएको जनाएका छन् । गठबन्धनमा प्रेस युनियन, प्रेस संगठन नेपाल, प्रेस चौतारी नेपाल, प्रगतिशील पत्रकार संघ नेपाल, क्रान्तिकारी पत्रकार महासंघ, जन पत्रकार संगठन नेपाल, क्रान्तिकारी पत्रकार संगठन नेपाल, मिडिया नेपाल,प्रेस सेन्टर नेपाल, देशभक्त पत्रकार संघ र लोकतान्त्रिक छापा माध्याम राष्ट्रिय समाज रहेका छन् । महासंघको चैत २५ गते हुने निर्वाचनमा प्रतिगामी कदमविरुद्ध रहेका पत्रकारहरुका संगठनबीचमा सहकार्य गरी साझा र समावेशी नेतृत्व चयन गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा निरन्तर खबरदारी गर्ने प्रतिबद्धता समेत ती संगठनहरुले जनाएका छन् । बैठकपछि जारी विज्ञप्तिमा मिडिया काउन्सिल विद्येयक, सार्वजनिक सेवा प्रसारण विद्येयक, सामाजिक सञ्जाल निर्देशिका (अनलाइन) लगायतका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी, नागरिक अधिकार कुण्ठित गर्ने किसिमका सरकारले अघि बढाएका विद्येयकहरु फिर्ता गराउन थप संघर्ष गर्ने प्रतिबद्धता पनि व्यक्ति गरिएको छ। यस्तै, विज्ञप्तिमा सरकारी सञ्चारमाध्यमलाई एकलौटी ढंगमा प्रस्तुत गर्न र अन्य राजनीतिक दलका समाचारप्रति दूर्भावना राखी सम्प्रेषण गर्न बाध्य पारी त्यहाँ कार्यरत श्रमजीवी पत्रकारहरूमाथि मनोवैज्ञानिक दबाब दिने हर्कप्रति आपत्ति समेत जनाइएको छ । ११ संगठनको साझा विज्ञप्तिमा विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारीका कारण संकटमा परेका साना तथा ठूला मिडिया उद्योगको पुनरुत्थानका कार्य अघि बढाउने प्रतिबद्धता समेत जनाइएको छ।

सम्बन्धित सामग्री

उमेशको समर्थनपछि उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ चयन

दोस्रो चरणको निर्वाचनमा उपाध्यक्षका अर्का उम्मेदवार उमेशलाल श्रेष्ठले अन्जनलाई समर्थन गरेपछि उनी महासंघको वरिष्ठ उपाध्यक्ष चयन भएका हुन्।...

उद्योग वाणिज्य महासंघको मतदान दुई घण्टा ढिला सुरु

२९ चैत, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमिति (२०८०–२०८३) चयनका लागि मतदान सुरु भएको छ । प्रज्ञाभवन कमलादीमा बिहान ८ बजेबाट सुरु हुने भनिएको मतदान प्राविधिक तयारी नपुगेको भन्दै २ घण्टा ढिला सुरु भएको हो । महासंघ निर्वाचन समितिका अनुसार निर्वाचनमा कुल १९५३ मतदाता सहभागी छन् । महासंघ निर्वाचनमा ५० प्रतिशत मतभार रहेको […]

महासंघको नयाँ नेतृत्वले युद्धस्तरमा काम गर्नुपर्छः व्यवसायी घिमिरे

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं वार्षिक साधारण सभा तथा निर्वाचनमा वस्तुगत तर्फका सदस्य पदका उम्मेदवार शिवप्रसाद घिमिरेले महासंघको नयाँ नेतृत्वले युद्धस्तरमा काम गर्न जरुरी रहेको बताउनुभएको छ । शुक्रवार काठमाडौंमा आयोजित परिचयात्मक कार्यक्रममा बोल्दै उहाँले अहिलेको आर्थिक अवस्था संकटग्रस्त रहेकाले नयाँ नेतृत्वले निजी क्षेत्रको हक हीतका लागि युद्धस्तरको काम गर्न जरुरी रहेको […]

महासंघ निर्वाचनमा सय बढी उम्मेदवार

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा उद्योगी, व्यवसायी तीन प्यानल बनाएर चुनावी मैदानमा होमिएका छन्।...

महासंघको वरिष्ठ उपाध्यक्षमा श्रेष्ठको उम्मेदवारी घोषणा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा उमेशलाल श्रेष्ठले उम्मेदवारी घोषणा गर्नुभएको छ । सोमबार ललितपुरमा एक कार्यक्रम आयोजना गरी चैत २८ र २९ गते हुने महासंघको निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा प्यानलसहित उम्मेदवारी घोषणा गर्नुभएको हो । श्रेष्ठको प्यानलबाट जिल्ला तथा नगरतर्फ दिनेश श्रेष्ठ, वस्तुगततर्फ हेमराज ढकाल र एसोसिएटतर्फको उम्मेदवार भरतराज आचार्यले उम्मेदवारी घोषणा गर्नुभएको […]

स्थानीय निकायको निर्वाचनमा सक्रिय सहभागी हुन महासंघको अपील

देशभरका निर्माण व्यवसायीहरूको छाता संगठन नेपाल निर्माण व्यवसायी महासंघले आसन्न स्थानीय निकायको निर्वाचनमा सक्रिय सहभागी हुन अपील गरेको छ । महासंघका अध्यक्ष रवि सिंहले आइतबार अपील जारी गर्दै स्थानीय निकायको निर्वाचनमा सक्रिय सहभागी भई निर्वाचन सफल बनाउन अपील गरेका हुन् । ‘मुलुक संघीय संरचनामा गए सँगै संघीय, प्रदेश र स्थानीय तहको आवधिक निर्वाचनले नै मुलुकमा विद्यमान संघीय लोकतान्त्रिक व्यवस्थालाई अझ मजबुत र संस्थागत बनाउने निश्चित’ अपीलमा भनिएको छ । आवधिक निर्वाचन लोकतन्त्रको प्रा

पत्रकार महासंघको निर्वाचनमा १३ संघको संयुक्त गठबन्धन

नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनमा १३ पत्रकार संघले गठबन्धन गरेर चुनाव लड्ने तयारी गरेका छन् । १३ वटै पत्रकार संघका प्रमुखले पाँच बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गरेर गठबन्धन हुने बताएका हुन् । क्रान्तिकारी पत्रकार संगठनका उपाध्यक्ष एवं नेपाल पत्रकार महासंघका जन्मदेव जैसीले अन्य पत्रकार संघ संगठनहरूसँग पनि गठबन्धनका लागि कुराकानी भइरहेको बताए । 'हामी सबै मिलेर श्रमजीवी पत्रकारका पक्षमा निर्वाचन लड्ने सहमति गरेका छौं,' जैशीले लोकान्तरसँग भने, 'अन्य संगठनसँग पनि कुराकानी भइरहेको छ ।' हेर्नुहोस् ...

नेपाल पत्रकार महासंघको निर्वाचनमा अनलाईन भोटिङ्गको माग

नेपाल पत्रकार महासंघको निर्वाचनमा अनलाईन भोटिङ्गको व्यवस्था गर्न माग गरिएको छ। नेपाल पत्रकार महासंघ यूरोप शाखाको शनिबार सम्पन्न चौथो अधिवेशन पछि जारी घोषणापत्रमा प्रवासमा क्रियाशील रहेका पत्रकारहरुलाई आगामी केन्द्रीय महाअधिवेशनमा सहभागी गराउन अनलाईन भोट...