काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न मितिमा विशेष अदालतले फैसला गरेका मुद्दामाथि पुनरावेदनको मागसहित सर्वोच्च अदालतमा पुनरावेदनका लागि निवेदन दिएको छ । आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार मंगलबार ६ वटा मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरिएको हो । विशेष अदालतबाट फैसला भएका ती मुद्दामा अख्तियारले फैसला चित्त नबुझेको भन्दै पुनरावेदन गरेको हो । थपलियाका […]