काठमाण्डाै - प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ ।
सत्ता गठबन्धनमा सिट बाँडफाँटमा सहमति जुट्न नसकेको बेला दुई नेताबीच बिहान छलफल भएको हो ।
आज दिउँसो ३ बजे सिट बाँडफाँटबारे सत्ता गठबन्धनका शीर्ष नेताबीच छलफल हुनु अघि उहाँहरुबीच छलफल हुनुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।
सत्ता गठबन्धनमा नेपाली कांग्रेसले एक सय सिट दाबी गरे पनि घट्ने सम्भावना छ । सत्ता गठबन्धनका पाँचै दलले आफूले गरेको दाबीबाट घटेर सिट बाँडफाँट टुङ्ग्याउने ...