शुक्रबारदेखि भिसा सेवा सुरु, २४ असारभित्र प्रस्थान गर्ने विदेशीको भिसा निःशुल्क नियमित हुने

नेपालमा रहन चाहने विदेशीले भिसा नियमित गर्नका लागि विभाग वा अन्तर्गतका कार्यालयहरूमा आवेदन गरेमा विलम्ब शुल्क र जरिवाना नलिई भिसा नियमित गरिने पनि विभागले जनाएको छ ।

सम्बन्धित सामग्री

सुचारु हुँदै भिसा र वैदेशिक रोजगार सेवा

अध्यागमन विभागले शुक्रबारदेखि भिसा सेवा सुरु गर्ने भएको छ । निषेधाज्ञाका कारण गत जेठ ५ देखि बन्द रहेको भिसा सेवा सरकारले तोकेका मापदण्डको पालना गर्दै असार १८ गतेदेखि सुरु हुने विभागले जनाएको हो । गत वैशाख १५ सम्म नेपालको वैध भिसा भएका विदेशीको हकमा असार २४ गतेभित्र नेपालबाट प्रस्थान हुने भएमा निःशुल्क भिसा नियमित गरिने जनाइएको छ । विभागको सूचनामा अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नै निःशुल्क भिसा नियमित गरिने उल्लेख छ । यस्तै नेपालमा रहन चाहने विदेशीले भिसा नियमित गर्न विभाग वा अन्तर्गतका कार्यालयमा आवेदन गरेमा विलम्ब शुल्क र जरिवाना नलिई भिसा नियमित गरिने पनि विभागको सूचनामा उल्लेख गरिएको छ ।

भोलीदेखि सुरु हुँदै भिसा सेवा

काठमाडौं। अध्यागमन विभागले भोलिदेखि भिसा सेवा सुरु गर्नेे भएको छ। निषेधाज्ञाका कारण जेठ ५ गतेदेखि बन्द गरेको भिसा सेवा असार १८ देखि पुनःसुरु हुने भएको हो। गत बैशाख १५सम्म नेपालको वैध भिसा भएका विदेशीको हकमा असार २४भित्र नेपालबाट प्रस्थान हुने भएमा नियमित रुपमा निःशुल्क भिसा पाइने भएको हो। अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नै निःशुल्क भिसा नियमित रुपमा पाउन सकिनेछ।