भोलीदेखि सुरु हुँदै भिसा सेवा

काठमाडौं। अध्यागमन विभागले भोलिदेखि भिसा सेवा सुरु गर्नेे भएको छ। निषेधाज्ञाका कारण जेठ ५ गतेदेखि बन्द गरेको भिसा सेवा असार १८ देखि पुनःसुरु हुने भएको हो। गत बैशाख १५सम्म नेपालको वैध भिसा भएका विदेशीको हकमा असार २४भित्र नेपालबाट प्रस्थान हुने भएमा नियमित रुपमा निःशुल्क भिसा पाइने भएको हो। अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नै निःशुल्क भिसा नियमित रुपमा पाउन सकिनेछ।