छाला तथा सौन्दर्य विशेषज्ञ डा. श्रुजना श्रेष्ठ समाजमा आफ्नो छुट्टै पहिचान बनाउनु नै अहिलेको आफ्नो संघर्ष रहेको बताउँछिन् । कान्तिपुर पब्लिकेसन्सको सहप्रकाशन नारी मासिकद्वारा बुधबार आयोजित ‘निर्भीक नारी’ को अन्तिम सत्र 'अवरोधहरू छिचोल्दै उडान' मा उनले महिलाहरूले अहिले समाजमा आफ्नो पहिचान बनाउन संघर्ष गर्नु परेको बताएकी हुन् ।