काठमाडौं : चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राडा अन्जनीकुमार झाले नेपाललाई मेडिकल टुरिजमको हब बनाउनु पर्ने बताएका छन्। आइतवार काठमाडौंमा शुरु भएको नेपाल चिकित्सक संघ (एनएमए)को तेस्रो राष्ट्रिय सम्मेलनमा सम्बोधन गर्दै प्राडा झाले मेडिकल शिक्षाको क्षेत्रमा मेडिकल टुरिजमको बहस विगतदेखि नै चल्दै आए पनि आगामी दिनमा स्वास्थ्यतर्फ मेडिकल टुरिजमको बहस अगाडि बढाउनुपर्ने बताएका हुन्।‘म त के भन्छु भने आगामी दिनमा नेपालमा विदेशी विद्यार्थीलाई मेडिकल शिक्षा पढ्न आउने वातावरण बनाउनु पर्