बेपत्ताको खोजी तीव्र बनाएका छौँ : दार्चुला प्रजिअ उपाध्याय

काठमाडौँ । शुक्रबार रातिबाट परेको अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण दार्चुलामा १० जना बेपत्ता भएका छन् । बेपत्ताको खोजीलाई तिव्र पारिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए । महाकाली नगरपालिका र नौगाड गाउँपालिकामा ४ पुरुष र ६ महिला बेपत्ता छन् । महाकाली नगरपालिका र नौगाड गाउँपालिकामा बाढी पहिरोमा परेर ५ जनाको मृत्यु […]

सम्बन्धित सामग्री

महाकालीको बहाव नघट्दा बेपत्ता खोजीमा समस्या

दार्चुला । महाकाली नदीमा पानीको बहाव नघट्दा दार्जुलाको महाकाली नगरपाकिला र नौगाडा गाउँपालिका बेपत्ताको खोजी कार्यमा समस्या आएको छ । बाढीपहिरोका कारण ५ जनाको मृत्यु भएको थियो भने १० जना बेपत्ता रहेका छन् । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक लोकेन्द्र सिंहले महाकालीको पानीको बहाव नघट्दा खोजी कार्यमा समस्या भएको बताए । नेपाल प्रहरी, सशस्त्र […] The post महाकालीको बहाव नघट्दा बेपत्ता खोजीमा समस्या appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

दार्चुलामा बाढी : तीन जनाको मृत्यु, दुई बेपत्ता

बाढी पहिरोमा परेर दार्चुलामा तीन जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते र दुई जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी तथा उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर दार्चुला पुग्दै छ ।  आइतबार राति आएको बाढीमा परि दुहु गाउँपालिका–१ बासपालिका नरसिंह महर, उनकी श्रीमति कौशा महर र दुहु गाउँपालिका–५, दुल्लामका मनुवा डडालको मृत्यु भएको छ ।  कालागाड खोलामा राति १०ः बजे बजे आएको बाढीले घरसहित बगाउँदा डडालको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । घटनामा परि  दुहँ गाउँपालिकाकै  जनकराम पार्की र उजेलीदेवी डडाल गम्भीर घाइते भएका छन् भने निजाङगाड खोलाको बाढीले स्थानीय शेरसिंह कार्की र हरकसिंह कार्की बेपत्ता भएका छन् ।