जनकपुर– मिथिलाञ्चल क्षेत्रको धार्मिक तथा ऐतिहासिक रामजानकी विवाहपञ्चमी मेला शुक्रबारदेखि विधिवत् रूपमा शुरु भएको छ । पौराणिक कालमा सीतारामको विवाह भएको सम्झनास्वरूप प्रत्येक वर्ष मंसिर शुक्ल पञ्चमीका दिन लाग्ने विवाह पञ्चमी मेलाको आकर्षणको केन्द्रविन्दु रहने जानकी मन्दिरलाई रंगरोगन गरिएको छ । मन्दिर प्रांगणमा सीतारामको चरित्रसम्बन्धी कथा प्रवचन शुरु भइसकेको छ । हिन्दुहरूको अराध्यदेव सीतारामको विवाहोत्सवको […]