रुपन्देही – नेकपा एमालेका पूर्व उपमहासचिव घनश्याम भुसालले केपी ओलीसँग नैतिकता नै नभएको टिप्पणी गर्नुभएको छ । नैतिकता भएको भए आफैँले विघटन गरेको संसद् पुनर्स्थापित भएपछि ओलीले प्रधानमन्त्रीबाट मात्र नभइ सांसदबाटै राजीनामा दिनुपर्नेमा त्यसो नगरेको उहाँको भनाइ थियो ।
आज आइतवार रुपन्देहीको तिलोत्तमा नगरपालिकामा आयोजित एक कार्यक्रममा बोल्दै भुसालले ओलीले जनताको अधिकार सुनिश्चित गरिएको संविधानलाई नै इन्कार गरेपछि आफूहरूले त्यसको विरुद्धमा आन्दोलन गर्नुपरेको जिकिरसमेत गर्नुभयो । सत्तारुढ गठबन्धनको साथ लिएर रुपन्द...