गत वर्ष असोजमा रुसी सेनामा भर्ना भएका पूर्वी रोल्पाको सुनछहारी गाउँपालिका–५ का तीर्खबहादुर बुढाथोकी फागुन १३ गतेदेखि परिवारसँग सम्पर्कविहीन भए । मौका मिल्नासाथ रुसबाट भिडियो कलमा श्रीमती र छोराछोरीसँग कुरा गर्ने उनले व्यस्त भएर फोन नगरेका होलान् भन्ने परिवारलाई लागेको थियो ।