मधेसमा अत्यन्त पिछडिएको मानिने खत्वे जाति समुदायका नवीन मण्डलले संस्कृत भाषाकै अध्ययन जारी राखेर उच्च शिक्षा प्राप्त गर्ने रहर पाल्नुभएको छ । महोत्तरीको मटिहानी–७ स्थित राजकीय संस्कृत माध्यमिक विद्यालयबाट यसपालि माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गर्नुभएका मण्डललाई संस्कृत भाषा साहित्य अध्ययनको चाहना बढेको हो । कुलीन ब्राह्मणका लागि मात्र शिक्षाको अवसर दिने संस्कृत पाठशालाको नाउँ …