कछुवा गतिमा निर्माण हुँदै मार्तडीे–कोल्टी सडक

बाजुराको मार्तडी–कोल्टी सडक निर्माण कार्य सुरु भएको झण्डै २२ वर्ष पुगेको छ । २०५६ साल फागुनबाट निर्माण कार्य सुरु गरिएको सो सडक अझै सम्पन्न हुन सकेको छैन । लामो समयदेखि सडकको स्तरोन्नति नुहँदा जिल्लाको पूर्विउत्तर क्षेत्रका स्थानीयवासीलाई वर्खाको झरी र हिउँदको हिमपातले सधै बाटो अवरुद्ध हुँदा मार्तडी आउजाउ गर्न निकै सास्ती खेप्दै आउनुपरेको छ ।

सम्बन्धित सामग्री

कछुवा गतिमा निर्माण हुँदै गागन खोलाको पुल, सर्वसाधारणलाई सास्ती

पूर्व पश्चिम हुलाकी सडक अन्तर्गत सिरहको खण्डको औरही र दरहैया गाउँको बिचमा पर्ने गागन पुल नबन्दा स्थानीय सर्वसाधारण सास्ती भोग्न बाध्य भएका छन्। सम्झौता भएको अढाई वर्ष बित्दासमेत पिल्लर मात्र...

रानी–तरहरा ६ लेन सडक एक महीनाभित्र सम्पन्न हुने

मोरङ । मोरङको रानीदेखि सुनसरीको तरहरासम्म ६ लेन सडक विस्तार आगामी एक महीनाभित्र सम्पन्न हुने भएको छ । रानीदेखि तरहरासम्मको करीब ३७ दशमलव चार किमी सडक करीब ६ अर्बभन्दा बढी लागतमा निर्माण गर्नेगरी आठ वर्षअघि ठेक्का भएको थियो । पाँच वर्षभित्र सम्पन्न हुनेगरी लागेको ठेक्काको काम अहिलेसम्म पनि पूरा भएको छैन । योजनाको सुनसरीको दुहबी बजार क्षेत्र र सुनसरीकै दुहबीस्थित बूढी खोलामा पुल निर्माण कहिले सम्पन्न हुन्छ भन्ने यकिन समेत हुन सकेको छैन । दुहबी बजारमा करीब डेढ किमी बाटो स्थानीयवासीले नछाडेकाले योजनाको काम अघि बढ्न नसकेको सो सडक योजना इटहरीका प्रमुख बद्री शर्माले बताए । सो सडक निर्माण नभएपछि यसबाट उत्पन्न समस्या र योजनाको काममा भएको ढिलाइप्रति चासो राख्दै जिल्ला प्रशासन कार्यालयले हालै अन्तरक्रिया कार्यक्रम गरेको थियो । कार्यत्रमका सहभागीले सडक निर्माणमा निकै ढिलाइ भएको बताएका छन् । सडक विस्तारमा भएको ढिलाइले सर्वसाधारणले धेरै समस्या भोग्दै आएका छन् । ६ लेनको बाटो बनाउँदा गरिएको डीपीआरमा निकै त्रुटि भएको, वर्षात््को पानी निकास हुन नसक्दा विराटनगरका वडा नं १३, १५, १६ डुबानमा पर्ने गरेको स्थानीयवासीको गुनासो छ । यसतर्फ योजनाको ध्यान जानुपर्नेमा उनीहरूले जोड दिएका छन् । सडक निर्माण हुँदै गर्दा खण्ड–खण्डमा भत्किन पनि शुरू भएकाले योजनाको डिजाइनमा निकै त्रुटि भएको सहभागीले बताएका छन् । कछुवा गतिमा विस्तार भइरहेको सडकका कारण दुर्घटना भइरहेको छ । योजनाले निर्माण कम्पनीलाई समयमै आ–आफ्नो जिम्मेवारी पूरा गराउनेतर्फ ध्यान नदिएको गुनासो स्थानीयले गरेका छन् । अन्तरक्रिया कार्यक्रममा ट्राफिक प्रहरी निरीक्षक चन्द्रबहादुर खड्काले विराटनगर महानगरपालिकामा सिटी सफारी आवश्यकताभन्दा बढी भएकाले दुर्घटना बढेको बताए । दुर्घटना बढ्नुमा घर, पसल, पेट्रोलपम्प, होटल र रेष्टुराँ अगाडि सडक डिभाइडर राखिनु पनि कारण रहेको उनको भनाइ छ । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले सबैको प्रतिबद्धता र निरन्तरताले मात्र योजना दुरुस्त र राम्रो बन्ने बताए । ६ लेनको बाटोबाट उत्पन्न समस्या समाधान गर्न योजना प्रमुखलाई उनले निर्देशन पनि दिए । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले विराटनगर बजारको व्यस्ततालाई ध्यानमा राखेर आकाशे पुल बनाउन लागिएको जानकारी दिए । साथै नगर क्षेत्रको ६ लेनको बाटोमा सौन्दर्यकरण गर्न कुनै कसर बाँकी नराख्ने उनले बताए बताए । रासस