काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना स्वार्थका लागि कार्यकर्ता भिडाउने र देशमा अस्थिरता ल्याउने फोहोरी राजनीतिविरुद्ध आफू लाग्ने बताउनुभएको छ ।नेपाल स्काउटले शुक्रबार आयाेजना गरेकाे ‘बालबालिकासँग प्रधानमन्त्री’ कार्यक्रममा सम्बोधन गर्दै उहाँले बालबालिकाले त्यस्ता फोहोरी राजनीतिबाट प्रभावित नभइ इमानदार, विवेकशील र जनताको सेवा गर्ने क्षेत्रका रूपमा राजनीतिलाई बुझ्न आग्रह गर्नुभयो । बालबालिका र राजनीतिका सन्दर्भमा सोधिएको प्रश्नमा उहाँले बालबालिकाले प्रत्यक्ष राजनीतिमा लाग्न नहुने तर यसलाई ढाँटछल, स...