डोटी : करिब तीन वर्षअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको डोटी र कैलालीमा पर्ने सडक कालोपत्रे योजना अझै लथालिंग अवस्थामा छ।कैलालीको सहजपुरदेखि डोटीको बडीकेदार गाउँपालिका– ५ गाणेबाँजसम्म ५० किलोमिटर सडक ३० महिनाभित्रै कालोपत्रे गर्ने भनेर पिआरएल कुमार जेभी निर्माण कम्पनीसँग सम्झौता छ। तर, तीन वर्ष (३६ महिना) पूरा भइसक्दा पनि हालसम्म साढे चार किलोमिटर सडक मात्रै कालोपत्रे भएको छ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाल सरकारका प्रधानमन्त्री भएका बेला २०७५ फागुन ७ गतेक