काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पक्षबीच वार्ता सकिएको छ। जसपा कुन–कुन मन्त्रालय लिएर एमाले सरकारमा सहभागी हुनेबारे आज प्रधानमन्त्री ओलीसँग तीन घण्टाभन्दा बढी छलफल भएको छ। जसपाका एक कार्यकारिणी सदस्यले भने, ‘माओवादीले छाडेका मन्त्रालय दिने गरी समझदारी भएको छ। ८ मन्त्री र दुई राज्यमन्त्रीसहित सरकारमा जाने कुरा छ।’