प्रधानमन्त्री ओली सिन्धुपाल्चोकका बाढी प्रभावित क्षेत्रमा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली सिन्धुपाल्चोकका बाढी प्रभावित क्षेत्रमा पुगेका छन् । सिन्धुपाल्चोकका विभिन्न क्षेत्रमा बाढीले पुर्‍याएको क्षतिको अवलोकन गर्न प्रधानमन्त्री ओली आज उक्त क्षेत्रमा गएका हुन् । प्रधानमन्त्री ओली अहिले हेलम्बु क्षेत्रमा छन् भने यसपछि मेलम्ची क्षेत्रमा पुग्ने छन् । प्रधानमन्त्री ओली मेलम्ची घ्याङमा स्थानीय तहका जनप्रतिनिधि र स्थानीयवासीसँग छलफलपछि गणेश बगर जाने […]

सम्बन्धित सामग्री

बाढी प्रभावित क्षेत्र मेलम्चीवासीको गुनासो सुन्दै गगन थापा

सिन्धुपाल्चोक, २७ साउन । बाढी प्रभावित मेलम्चीवासीको गुनासो सुन्दै नेपाली काँग्रेसका नेता गगन थापा । अध्ययन टोली हेल्पका अध्यक्ष जिमी लामासँग थापा हेलम्बुको भेमाथान पुगी मेलम्ची आउनुभएको हो । तस्बिरः देवराज सुवेदी/रासस

प्रधानमन्त्रीद्वारा बाढी पहिरो प्रभावित ३ ओटा पालिकालाई ५ करोड १० लाख हस्तान्तरण

असार २६, सिन्धुपाल्चोक । प्रधानमन्त्री केपी ओलीले बाढी पहिरोबाट प्रभावित सिन्धुपाल्चोकका ३ ओटा पालिकालाई ५ करोड १० लाख हस्तान्तरण गर्नुभएको छ । शनिवार हेलम्बु–मेलम्चीको बाढी पहिरो निरीक्षण गर्न पुग्नुभएका प्रधानमन्त्री ओलीले बस्ती संरक्षणको लागि मेलम्ची खानेपानी आयोजनाले हेलम्बु गाउँपालिकालाई दिएको १ करोड ५० लाख, पाँचपोखरी थाङ्पाल गाउँपालिकालाई १ करोड ५० लाख र मेलम्ची नगरपालिकालाई ५० लाख हस्तान्तरण गर्नुभएको छ ।  त्यस्तै ह्योल्मो सिन्धु मेलम्ची उपत्यका सामाजिक उत्थान समितिले हेलम्बु गाउँपालिकालाई दिएको १ करोड र मेलम्ची नगरपालिकालाई ६० लाखको चेक प्रधानमन्त्री ओलीले हस्तान्तरण गर्नुभएको छ । हेलम्बु गाउँपालिका स्थित गणेशे बगरमा आयोजित कार्यक्रममा बाढीबाट क्षति पुगेका ३६६ घरपरिवारलाई अस्थायी बसोबासको लागि प्रति परिवार तत्काल ५० हजार रुपैयाँ र १ हजार ५०० बण्डल जस्तापाता दिईने प्रधानमन्त्री ओलीले बताउनुभयो ।  उहाँले पीडितहरुलाई स्थायी आवासको लागि प्रति परिवार ५ लाख रुपैयाँ समेत उपलब्ध गराउनुको साथै बाढीले भत्काएको पुल, विद्यालय सरकारले बनाउने घोषणा गर्नुभएको छ । घाइतेको उपचार सरकारले गर्ने बताउँदै पुनर्निर्माणको काममा सरकारको ध्यान गएको बताउनुभयो ।  प्रधानमन्त्री ओलीले बाढी प्रभावित क्षेत्र मेलम्ची र हेलम्बुको निरीक्षण गर्नुभएको थियो । नेपाली सेनाको हेलीकप्टरमा आउनुभएका ओलीले राहतमा राजनीति नगर्न आग्रहसमेत गर्नुभएको छ । ‘यस्तो बेलामा सबैले सकेको मद्दत गर्ने हो, सकारले राहत तथा पुर्नस्थापनामा कुनै कसर बाँकी राख्दैन’, प्रधानमन्त्री ओलीले भन्नुभयो ‘तर, राहतको नाममा राजनीति नगर्न म सबैलाई अपिल गर्दछु ।’ अब पुनर्निर्माण गर्दा सुरक्षित स्थानमा एकीकृत रुपमा निर्माण गर्नुपर्ने भन्दै प्रधानमन्त्री ओलीले उही ठाउँमा उही बस्ती नबसाउन सुझाव दिनुभयो । मेलम्ची खानेपानी आयोजनामा ठूलो क्षति हुन नपुगेको बताउँदै प्रधानमन्त्री ओलीले सन् २०२१ भित्र मेलम्ची खानेपानी राजधानी पुर्‍याउने लक्ष्य रहेको, मेलम्ची खानेपानी आयोजनाबाट स्थानीयलाई परेको मर्का सरकारले हेर्ने जनाउँदै स्थानीयले पनि सहयोग गर्नुपर्ने बताउनुभयो ।  उहाँले २०७१ साल साउन १८ मा गएको जुरे पहिरोको रकम पनि वितरण गर्न आवश्यक कानून निर्माण गरी तत्काल वितरणको लागि निर्देशन दिने प्रतिबद्धता जनाउनुभयो ।  प्रधानमन्त्रीका साथमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ, प्रधानमन्त्री पत्नी राधिका शाक्य, पूर्व मन्त्री शेरबहादुर तामाङ, दावा तामाङ, गृह सचिव लगायत सरकारी अधिकारीहरु हेलम्बु क्षेत्रमा आएका थिए । असार १ गते मेलम्ची खोलमा आएको बाढीले मेलम्ची खानेपानी आयोजनासहित हेलम्बु र मेलम्ची क्षेत्रमा ठूलो जनधनको क्षति पुर्‍याएको छ ।

मेलम्चीमा प्रधानमन्त्री आए, ५० हजारको आश्वासन दिएर फर्किए (फोटो फिचर)

सिन्धुपाल्चोक/ काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले हेलम्बु र मेलम्ची बाढी पीडितलाई अस्थायी आवासको लागि ५० हजार उपलब्ध गराउने घोषणा गरेका छन्। पहिरोस्थलको निरीक्षण गर्दै तत्काल अस्थायी आवासका लागि १५ सय बण्डल जस्ता र प्रतिपरिवार ५० हजार रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका हुन्। बाढी प्रभावित क्षेत्र मेलम्ची बजार र हेलम्बुको निरीक्षण गर्न शनिबार सिन्धुपाल्चोक प्रधानमन्त्री ओली पुगेका थिए। यही असार १ गते आएको बाढीपहिरोले मेलम्ची खानेपानी आयोजनाका साथै सिन्धुपाल्चोकका मेलम्ची, हेलम्बुल

बाढी प्रभावित क्षेत्र मेलम्ची जाँदै प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले बाढीबाट क्षतिग्रस्त सिन्धुपाल्चोकका विभिन्न ठाउँको निरीक्षण गर्ने भएका छन् । मेलम्ची खानेपानी आयोजना लगायत सिन्धुपाल्चोकका विभिन्न ठाउँ र बस्तीको निरीक्षण गर्न प्रधानमन्त्री ओली शनिवार नेपाली सेनाको हेलिकप्टरमार्फत सिन्धुपाल्चोक जाँदैछन् । प्रधानमन्त्री ओली बिहान १० बजे सिन्धुपाल्चोक जाने कार्यक्रम छ । प्रधानमन्त्री ओलीले मेलम्ची खानेपानी आयोजनाको मुहानमा बाढीले पुर्‍याएको क्षतिका साथै हेलम्बु गाउँपालिकाको बाढीपहिरो प्रभावित विभिन्न ठाउँको हवाइ निरीक्षण गर्नेछन् । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अध...

मेलम्चीका बाढीपीडितलाई अनेरास्ववियू (क्रान्तिकारी) काभ्रेको सहयोग

काभ्रेः सिन्धुपाल्चोक जिल्लाको हेलम्बु–मेलम्चीका बाढीपीडितलाई राहतस्वरुप जस्ता पाता सहयोग गरेका छन्। नेकपा (माओवादी केन्द्र) निकट भातृ संगठन अनेरास्ववियू (क्रान्तिकारी) काभ्रेले बाढी प्रभावित क्षेत्र सिन्धुपाल्चोकको हेलम्बु–२ चनौटेमा पुगेर हेलम्बु–मेलम्चीका बाढी पीडितलाई २५ बण्डल जस्ता सहयोग गरेका हुन्। क्रान्तिकारी, काभ्रेका उपाध्यक्ष निरेश लामाले राहत दिनेहरुले खाद्य तथा स्वास्थ्य सामाग्री सहयोग गरेको भए पनि ओत लाग्ने ठाउँ नहुँदा खुल्ला आकाशमुनि र थोत्रो प्लाष्टिकको टहर बनाएर बस्न बाध्य बाढी पीडितलाई जस्ता उपलब्ध ...

बाढीपीडितलाई तत्काल उद्धार गरी राहत दिन पशुपति शमशेरको माग

सिन्धुपाल्चोक : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति सम्शेर राणाले सिन्धुपाल्चोक जिल्लाका बाढी पीडित क्षेत्रका जनतालाई तत्काल उद्धार र राहत उपलब्ध गराउन सरकारसँग माग गरेका छन्।‘प्राकृतिक विपत्तिको मारमा परेका जनतालाई तत्काल उद्धार र राहत उपलब्ध गराउन सरकारले कुनै विलम्ब गर्नु हुँदैन। अविरल वर्षाबीच जनधनको क्षति र जोखिम कायम रहेकोले आपतकालीन परिचालन गर्न सरकारलाई आह्वान गर्दछु,’ राप्रपा अध्यक्ष राणाले सिन्धुपाल्चोक जिल्लाको बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्ने क्

आम मनिसका घरबार बगेको छ, दृश्य देख्दा आसुँ थामिदैन

राजधानी काठमाडौंबाट उत्तर–पूर्वमा पर्ने ३ नम्बर प्रदेशअन्तर्गत रहेको सिन्धुपाल्चोक जिल्लाका १२ वटा स्थानीय तहहरुमध्ये मेलम्ची बजार यतिखेर बाढी वितण्ड मच्चाएको छ । हाम्रा फोटोपत्रकार सगर बस्नेत अहिले बाढी प्रभावित क्षेत्र मेलम्चीमा हुनुहुन्छ उहाँले त्यहाँ जे देख्नुभयो जस्ताको तस्तै बुधबार बिहान करिब १० बजे काठमाडौंबाट स्थलगत रिपोर्टिङका लागि मेलम्ची पुग्दा मेलम्ची बजार बाढीले बगाइरहेको थियो । यो दृश्य देख्दा मन थामिन नसक्ने अवस्था छ । अधिकांश घर ढुबानमा परेको छ । असार १ गते राति लार्के खोलाबाट शुरु भएको बाढीले मेलम्ची–हेलम्बु तिपेनी दुवै सडक सञ्जाल सम्पर्क विच्छेद भएको छ ।

सिन्धुपाल्चोक बाढी प्रभावित क्षेत्रमा पुगे स्वास्थ्यमन्त्री तामाङ

काठमाडौं । मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीका कारण प्रभावित बनेको क्षेत्रमा आज स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङ पुगेका छन् । प्रहरीका अनुसार हेलिकोप्टरमा उनी प्रभावित क्षेत्र पुगेका हुन् । बाढीका कारण त्यहाँ अर्बौँको धनजनको क्षति भएको अनुमान गरिएको छ । वाग्मती प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी वसन्त लामाले विभिन्न स्थानमा...