प्रदेश १ का मुख्यमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का सचिव राजेन्द्र राईको वडामा नेपाली काँग्रेसले जितेको छ । भोजपुरको षडानन्द नगरपालिका ११ झ्याउँपोखरीमा नेपाली कांग्रेसका भुपाल कुमार कार्कीले जितेका हुन् । कार्कीले ६ सय ९६ मत ल्याएर विजयी हुँदा दोस्रो स्थानमा नेकपा (एकीकृत समाजवादी)का मिलन विष्टले ३७७ मत ल्याएका छन् ।उक्त वडामा नेकपा एमाले तेस्रो स्थानमा रहेको छ । एमालेका ज्ञानेन्द्रप्रसाद दाहालले २ सय १० मत प्राप्त गरेका छन् । षडानन्द नगरपालिकाको १, ५, ७, १०, १२ र १४ नम्बर वडा एमालेले