माघ २०, काठमाडौं । पशुपति क्षेत्र विकास कोषले कोषको जग्गा अतिक्रमण गरि बनाइएका घर टहरा हटाउन निर्देशन दिएको छ ।
साविकको गोठाटार गाविस अन्तर्गत पर्ने कित्ता नम्बर ५९,८० र ८४ कायम भएका जग्गा अतिक्रमण गरिएको छ । विगतमा पटक - पटक सूचना जारी गरेर घर टहरा हटाउन निर्देशन दिंदा पनि अटेर गरेकोले १५ दिनभित्र टहरा नहटाएमा कोष आफैले भत्काउने चेतावनी दिएको छ ।
कोषले घर टहरा हटाउँदा कुनै क्षति भएमा त्यसको जिम्मेवार स्वयम नै हुनुपर्ने पनि कोषले बताएको छ ।