उम्मेदवार चुनावी प्रतिस्पर्धामा

नवलपरासी । पूर्वी नवलपरासीको नवलपुरका संघ तथा प्रदेश सभा क्षेत्रमा निर्वाचन माहोल तातिएको छ । विभिन्न दलसहित स्वतन्त्र उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । संघीय क्षेत्र नम्बर १ बाट उठेका कांग्रेस केन्द्रीय सदस्य डा.शशांक कोइराला,एमालेका संविधान सभा सदस्य कृष्ण पौडेल,राप्रपाका मोहनी लाल भुसाल अहिले घरदैलोमा व्यस्त छन् । यसै गरी क्षेत्र नं.२ मा नेपाली कांग्रेसका विष्णु […]

सम्बन्धित सामग्री

८ सय २५ सिटका लागि ११ हजार ५४३ उम्मेदवार चुनावी मैदानमा

४ मंसिरमा हुने चुनावबाट प्रतिनिधि सभा र प्रदेश सभामा ८२५ सदस्य चयन हुनेछन् । यसका लागि ११ हजार ५ सय ४३ उम्मेदवार चुनावी मैदानमा छन् ।

काठमाडौं–२ का उम्मेदवार राम मणि (दास) नेपालका यस्ता छन् चुनावी एजेण्डा

काठमाडौं, २४ कार्तिक । आगामी निर्वाचनको लागि काठमाडौं–२ का प्रतिनिधिसभाका उम्मेदवार राम मणि (दास) नेपालले आफ्ना चुनावी एजेण्डा सार्वजनिक गरेका छन् । शंख चुनाव चिन्ह लिएर चुनावी मैदानमा रहेका नेपालले आफू नेपाली युवाहरुको आवाजको प्रतिनिधित्व गर्न र सो क्षेत्रको विकासको लागि चुनावी मैदानमा खडा भएको बताएका छन् । उनले आफ्नो चाहना भनेको सांस्कृतिक समृद्धि नै […]

एमाले उम्मेदवार कोमल वलीको चुनावी भेलामा स्कूले विद्यार्थी

१८ कार्तिक, दाङ । दाङ क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेकी कोमल वलीले विद्यार्थीलाई राखेर चुनावी भेला गरेकी छिन् । निर्वाचन आचारसंहिता विपरीत स्कुलका विद्यार्थीलाई राखेर गरिएको चुनावी भेलाको तस्वीर अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । एमालेकी उम्मेदवार वलीसहित दाङ ३ ‘ख’ का उम्मेदवार हुकुम बस्नेतले आफ्नो चुनावी अभियानका क्रममा केहीदिन […]

चुनावी ‘एजेण्डा’ सुनाउँदै घरघरमा उम्मेदवार

विस्तारै चुनावी माहोल तात्दैछ । दल र उम्मेदवार मत माग्दै मतदाताका घरघरमा पुगिरहेका छन् । निर्वाचन आचारसंहिताले मतदानको १७ दिन अघिबाट मात्रै चुनावी प्रचारको समय दिएका कारण उम्मेदवार यतिबेला घरदैलो र भेटघाटमा व्यस्त छन् ।आमसभा, र्यालीजस्ता ठूला प्रचारात्मक कार्यक्रम गर्न नपाए पनि आफ्ना चुनावी ‘एजेण्डा’ सुनाउँदै मतदाताको मन जित्ने कसरतमा उम्मेदवार छन् । चाडबाडसँगै खेतीबाली भित्र्याउने चटारोबीच पनि उम्मेदवारका कुरा सुन्न मतदाता उत्सुक देखिन्छन् । चुनाव हुन २९ दिन बाँकी रहँदा नतिजा आफ्नो

कर्णाली प्रदेशमा ११६ जना उम्मेदवार चुनावी मैदानमा

काठमाडौं । प्रत्यक्षतर्फ २४ निर्वाचन क्षेत्र रहेको कर्णालीमा प्रदेशसभा सदस्य पदका लागि १ सय १६ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । सबै भन्दा बढी सुर्खेतका ४ निर्वाचन क्षेत्रमा २९ जना प्रतिस्पर्धा गर्ने भएका हुन् । सबै भन्दा कम रुकुम पश्चिममा ६ जना उम्मेदवार रहेका छन् । सुर्खेत र दैलेखमा ४-४ वटा निर्वाचन क्षेत्र रहेका […]

आयोग कठोर : उम्मेदवार र दलको चुनावी खर्चको निगरानी गर्न गुप्तचर खटाउने

निर्वाचन आयोगले ४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका उम्मेदवार र दलको चुनावी खर्चको निगरानी गर्न प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका गुप्तचर खटाउने निर्णय गरेको छ ।...

मोरङ क्षेत्र नम्बर २ : चुनावी अभियानमा एमाले, टिकट कुर्दै कांग्रेस उम्मेदवार

११ असोज, विराटनगर । प्रतिनिधिसभा निर्वाचनका लागि मोरङ क्षेत्र नम्बर २ मा नेकपा एमालेबाट एकल उम्मेदवार सिफारिस भएका ऋषिकेश पोखरेल चुनावी तयारीका लागि कार्यकर्ता भेटघाट र छलफलमा व्यस्त छन् । एमाले उम्मेदवार पोखरेल चुनावी तयारीमा हुँदा नेपाली कांग्रेसका प्रस्तावित उम्मेदवार क्षेत्र नम्बर २ मा देखिएका छैनन् । क्षेत्रीय कमिटीले सो क्षेत्रबाट सुजाता कोइराला र डा. […]

विराटनगरमा चुनावी सरगर्मी : घरदैलोमा १८ घण्टा व्यस्त उम्मेदवार

स्थानीय तहको निर्वाचन अन्तर्गत दलहरुले चुनाव प्रचारलाई तीव्र बनाएका छन् । विराटनगर महानगर प्रमुखमा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नागेश कोइराला र एमालेका सागर थापाले चुनावी प्रचारलाई तीव्र बनाएका हुन् ।बिहान ७ बजेदेखि सुरु गरेको चुनावी घरदैलो अभियान राति १२ बजेसम्म हुने गरेको उनीहरु बताउँछन् । ‘बिहान ७ बजे निस्किएपछि राति १२ बजेसम्म चुनावी अभियान हुने गरेको छ,’ गठबन्धनबाट प्रमुख पदको उम्मेदवार बनेका काँग्रेसका नागेश कोइरालाले भने, ‘अहिले हाम्रो सुताइ पनि ४ घण्टाभन्दा बढी छैन

इलामको चुनावी मैदानमा एक हजार तीन सय २० उम्मेदवार

वैशाख ३० को स्थानीय तह निर्वाचनका लागि इलामका एक हजार तीन सय २० उम्मेदवार चुनावी मैदानमा पुग्ने भएका छन्। यीमध्ये जिल्लाका १० वटै पालिकामा गरी ४ सय २० उम्मेदवार निर्वाचित हुनेछन्। विभिन्न पालिकामा महिला सदस्य र दलित महिला सदस्य गरी ५ जना निर्विरोध निर्वाच...

स्वतन्त्र व्यक्तिलाई पनि अब राप्रपाले चुनावी उम्मेदवार बनाउने

काठमाडौं, २ चैत्र । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले स्वतन्त्र व्यक्तिलाई पनि चुनावी उम्मेदवार बनाउने भएको छ । उम्मेदवार हुनको लागि सम्बन्धित तहमा लोकप्रिय, उच्च नैतिक चरित्र भएको, सामाजिक क्षेत्रमा क्रियाशील, विकास निर्माण र रचनात्मक कार्यमा सक्रिय रहेको हुनुपर्ने मापदण्ड तय गरिएको प्रवक्ता ज्ञानेन्द्र शाहीले बताए । राप्रपाले उम्मेदवार हुन पार्टीको सक्रिय सदस्य नरहेको तर कुनै […]