विभिन्न रानजीतिक दलका नेताले दलित समुदायबारे प्राप्त अधिकारलाई संस्थागत गर्दै थप अधिकार प्राप्तिका लागि एकीकृतरुपमा सङ्घर्ष गर्नुपर्नेमा जोड दिएका छन् । जागरण मिडिया सेन्टरले आज आयोजना गरेको ‘समावेशीकरण र राजनीतिक प्रतिबद्धता’ विषयक अन्तक्र्रियामा नेकपा (एमाले) का सचिव प्रदीप ज्ञवालीले दलितका विषयमा केही पनि भएन भन्दै गुनासो मात्रै गर्नेभन्दा पनि भएको अधिकारलाई जोगाउँदै अन्य अधिकार प्राप्त गर्न सङ्गठित हुनुपर्ने बताए ।
दलित समुदायले भोग्दै आएको आर्थिक, सामाजिक र राजनीतिक समस्यालाई एकमुष्ठरुपमा...