बेलायतमा पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या देखिएपछि यसको जिम्मा सेनालाई दिइएको छ। सरकारले सोमवारदेखि सैनिक अधिकारीले बेलायतभर पेट्रोलियम पदार्थ पुर्याउने जानकारी दिएको छ। करिब २ सय सैनिकलाई यो काममा खटाइने बताएको छ। सन् २०२२ को मार्चसम्म ३ सय विदेशी ट्यांकर चालकले पेट्रोलियम पदार्थ आपूर्ति गर्ने जानकारी दिएका छन्। अधिकारीले सामान्य रूपमा पेट्रोलियम पदार्थको कारोबार हुने हो भने कमी नभएको दाबी गरेका छन्। विगतको भन्दा आपूर्तिमा केही सुधार आएको उनीहरूको भनाइ छ। आरएसी मोटरिङ ग्रुपले