सल्यान : सल्यानमा एक वर्षमा जडीबुटी निकासीबाट १८ लाख रूपैयाँभन्दा बढी राजस्व संकलन भएको छ। गत आव ०७८/७९ मा १८ लाख ५५ हजार ४ सय रूपैयाँ राजस्व संकलन भएको डिभिजन वन कार्यालय सल्यानले जनाएको छ।कार्यालयका अनुसार राष्ट्रिय तथा सामुदायिक वनबाट संकलन गरिएको ३ लाख ७३ हजार २ सय ६२ किलो विभिन्न १० प्रजातिका जडीबुटी जिल्ला बाहिर निकासी भएको डिभिजन वन कार्यालय सल्यानका विजय पुलामी मगरले जानकारी दिए।निजी आबादीबाट पनि ३ लाख २१ हजार ८ सय २४ किलो जडीबुटी निकासी भएको उनको भनाइ छ। उनका अनुसार