काठमाण्डाै – चलचित्र क्षेत्रका कलाकारहरूको फेसबुक आईडी ह्याक गरेर उनीहरूका साथीहरूसँग रकम असुल गर्ने पर्साका एक १४ वर्षीय बालक पक्राउ परेका छन् ।
चलचित्र कलाकारको फेसबुकमा अनधिकृत पहुँच राखेर ह्याक गरी उनीहरूकै साथीहरूबाट पैसा असुल्ने गरेको गुनासेका आधारमा ती बालकलाई पक्राउ गरिएको नेपाल प्रहरीको साइबर ब्युरोले जनाएको छ ।
पक्राउ परेका बालकलाई जिल्ला अदालत काठमाण्डौबाट अनुमति लिएर पक्राउ गरिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।