डिल्लीबजार कारागारमा कैद भुक्तान गरिरहेका निलम्बित सांसद रेशमलाल चौधरी सोमबार दल दर्ताका लागि निवेदन दिन निर्वाचन आयोग पुगेका छन् । चौधरीका समर्थकहरु खुलामञ्चमा भेला भएर झाँकी र र्यालीसहित आयोगको कार्यालय पुगेका हुन् ।यसअघि राजपाका तर्फबाट निर्वाचनमा सहभागी भएका चौधरी अत्याधिक मतका साथ कैलाली १ बाट निर्वाचित भएका थिए । तर कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएपछि मधेसवादी दलले आफ्नो मुद्दाको सम्बोधन गर्न नसकेको भन्दै उनले छुट्टै पार्टी खोल्न लागेका हुन् । उनले नयाँ पार्टीको नाम नागरिक उन्मु