काठमाडौँका सबै विद्यालय खुल्ने भएका छन् । असोज १ गतेदेखि काठमाडौँका सबै विद्यालयहरु खुल्ने भएका हुन् ।जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले सरकारी र निजी सबै खाले विद्यालय खोल्न दिने निर्णय गरेको हो । जिल्ला प्रशासन कार्यालय, जिल्ला शिक्षा कार्यालय र काठमाडौं नगरपालिकाबीचको संयुक्त बैठकले असोज १ गतेदेखि कोभिडका प्रोटोकल पालना गर्दै विद्यालय सञ्चालन गर्न दिने निर्णय गरेको हो ।यसअघि १६ भदौको डीसीसीएमसीको बैठकले भौतिकरुपमा विद्यालय संचालन गनै अनिवार्य रुपमा प्रशासनको अनुमति लिनुपर्ने निर्णय गरेको थियो ।तर, अहिले संक्रमण र मृत्युदर केही घटेकाले भौतिकरुपमै पठनपाठन गर्न दिईने निर्णय भएको प्रशासनले जनाएको छ ।