काठमाण्डाै – प्रतिनिधि सभा विघटनको पक्षमा बचाउ गर्दै मङ्गलवार (आज) पनि सर्वोच्च अदालतमा सरकार पक्षका अधिवक्ताले बहस गरिरहेका छन् । महान्यायधिवक्ता अग्नि खरेलले मङ्गलवार पनि बहसलाई निरन्तरता दिनुभएको छ । उहाँले बाध्य भएर प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गरेको र विघटनको अधिकार उहाँलाई संविधानले दिएको दाबी गर्नुभएको छ ।
प्रधानमन्त्रीले आफूसँग बहुमत भए पनि कामै गर्न नपाएकाले प्रतिनिधि सभा विघटन गरेर नयाँ जनमत लिन खोजेको बताउनुभएको महान्यायाधिवक्ता खरेलको भनाइ थियो । तर खरेललाई न्यायाधीश अनिलकुमार सिन्हाले प्र...